+
+

शिक्षक महासंघको कार्यसमिति घोषणा सभा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १२:४३

१७ वैशाख, काठमाडौं । आज हुने भनिएको शिक्षक महासंघको कार्यसमिति घोषणा सभा स्थगित भएको छ ।

महासंघका मुख्य घटक संस्थाहरू नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद नमिलेकाले कार्यसमिति घोषणा सभा स्थगित भएको हो ।

यी दुई संगठनबीचको विवादका कारण १०, ११ र १२ वैशाखमा भएको दोस्रो महाधिवेशनमा कार्यसमिति बन्न नसकेपछि १७ वैशाखमा नयाँ कार्यसमिति घोषणा सभा गर्ने जनाइएको थियो ।

तर, संगठनलाई मिलाएर जानको लागि आज घोषणा सभा गर्न सम्भव नभएको नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए । उनले भने ‘केही प्राविधिक कारणले आज सम्भव हुन सकेन, हाम्रो वार्ता भइरहेको छ । दुई, तीन दिनभित्र घोषणा गर्छौं ।’

वार्ता गरिरहेको भए पनि निष्कर्षमा पुग्न नसकेको वार्ता समिति सदस्य होमकुमार थापाले बताए । संगठनले पुरानो सदस्यताको आधारमा (०७८ सालको) राखिएकोले मान्य नहुने, अध्यक्षता पाउनुपर्ने जिल्लाहरूमा नदिइएको र स्थानीय तह, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै राष्ट्रिय महाधिवेशन हुनुपर्ने अडान राखेर नेपाल राष्ट्रिय शिक्षक संगठनले बहिष्कार गरेको थियो ।

संघ निकट महासचिव लक्ष्मी किशोरको नेतृत्वमा १० गते नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोधका बाबजुद महाधिवेशन भएको थियो ।

उद्घाटन सत्रमा महासंघकी अध्यक्ष कमला तुलाधर (नेपाल राष्ट्रिय शिक्षक संगठन निकट) उपस्थित नभएपछि सहअध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा भएको थियो ।

संगठनको बहिष्कारका कारण नयाँ कार्यसमिति नबनेपछि १७ गते कार्यसमिति घोषणा गर्ने भनेर बन्दसूची बुझेर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?