+
+

झुमा लिम्बुको संगीतमा ‘मनसरा’को मर्मस्पर्शी गीत ‘झ्यालको’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १६:५०

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को मर्मस्पर्शी गीत ‘झ्यालको’ युट्युवमा सार्वजनिक भएको छ । झुमा लिम्बुद्वारा संगीतबद्ध गीतले मानवीय अन्तस्करणको प्रेमिल भावलाई व्यक्त गर्छ ।

यो गीतमा हर्क साउदका शब्द छ । स्वरमा झुमा र सनुप पौडेलले सहकार्य गरेका छन् । ‘जारी’पछि निर्देशक सुब्बाको यो फिल्ममा झुमाले संगीत दिएकी छन् । आवाजको मिठास र शब्दको अनुभूतिले गीतलाई कर्णप्रिय तुल्याएको छ ।

गीतमा चरित्र र उनको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । यो फिल्मले अन्तर्जातिय र विवाहेत्तर सम्बन्धको जटिलता र आयामलाई पस्किएको छ । फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको शीर्ष भूमिका छ ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्मलाई छायांकार समेत रहेका शैलेन्द्रध्वज कार्कीले निर्माण गरेका हुन् । विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ, जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा छन् । २१ बैशाखदेखि प्रदर्शन हुने यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?