+
+

मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय ४ कम्पनीसँग समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १८:१२

१७ वैशाख, काठमाडौं । तेस्रो लगानी सम्मेलनका दौरान मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीसँग समझदारी भएको छ ।

सोमबार बीटूबी प्यानल डिस्कसनमा भारतीय र चाइनिज लागनीकर्ताको चासो गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स (जीकेसीसी) परियोजनामा देखिएको थियो ।

कम्पनीका अनुसार लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटल, सपिङ्ग मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनालाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले स्ट्यान्डर्ड प्रोजेक्ट भनेका छन् ।

लगानी साझेदार बन्न औपचारिक प्रस्ताव आएका मध्ये लगानी मैत्री कम्पनी/संस्थालाई इक्युटी पार्टनरका रुपमा भित्र्याउने तयारी कम्पनीले गरेको छ ।

सोमबार नै लगानीकर्ताहरूसँग कम्पनीका तर्फबाट एमडी निरक पौडेलले सम्झौतापत्रको ड्राफ्ट साटफेर गरेका छन् । बैंकिङ तथा प्राविधिक पक्षहरूमा क्लियर भएपछि अन्तिम सम्झौता हुने उनले जानकारी दिए ।

लगानी सम्मेलनले नेपालमा लगानी मैत्री वातावरण रहेको सकरात्मक सन्देश प्रवाह गरेको उनको भनाइ छ । उनका अनुसार शोकेसमा राखिएको जीकेसीसी परियोजनालाई धेरै लगानीकर्ताले चासो देखाएका थिए ।

उनका अनुसार जीकेसीसी परियोजनालाई चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ् अर्वन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौतापत्रको ड्राफ्ट साटफेर गरेका छन् ।

५० मिलियन डलर लागत रहेको परियोजनाका लागि ३० देखि ४० प्रतिशतको लगानी साझेदार खोजिएको एमडी पौडेलले सुनाए ।

चाबहिलको प्राइम लोकेसनमा अवस्थित परियोजना त्रिभुवन विमानस्थलसँगै पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा जस्ता धार्मिकस्थलहरू नजिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?