+
+

काभ्रेको रोशीमा आगलागीबाट १४ घर जले

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १७:२८

१८ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नं ४ सानोकोटा गाउँमा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नजिकैको वनमा लागेको आगो फैलिएर गाउँमा पुगेको थियो ।

प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी नियन्त्रणमा आएको भए पनि वनको लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

श्रेष्ठले मानवीय र पशुचौपाया क्षति नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?