+
+

नवजात शिशु हत्या आरोपमा युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १९:०९

१८ वैशाख, विराटनगर । नवजात शिशुको हत्या आरोपमा प्रहरीले मोरङ मिक्लाजुङकी एक युवतीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई पक्राउ परेकी हुन् ।

उनको घरदेखि उत्तर बाँसघारीमा नवजात शिशुको शव भेटिएको थियो । उक्त शिशुलाई राईले जन्म दिएको प्रहरीको दाबी छ ।

गाउँबाट आफन्तले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । पक्राउ परेकी अस्मितालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरेको छ । प्रहरीले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?