+
+

अनन्या पाण्डे र आदित्य रोय कपुरको ‘ब्रेकअप’ !

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १२:४८

काठमाडौं । केही समययता बलिउड अभिनेत्री अनन्या पाण्डे र आदित्य रोय कपुर दुवैको ब्रेकअप भएको चर्चा छ । भारतीय मिडियाका अनुसार एक महिनाअघि दुवैको ब्रेकअप भएको थियो ।

टाइम्स अफ इण्डियाले मार्चमै यी दुई अलग भएको लेखेको छ । ब्रेकअपको खबरले निकट साथी समेत स्तब्ध छन् । यी दुवै स्टारका एक नजिकका साथीले एक महिनाअघि ब्रेकअप भएको पुष्टि गरेका थिए ।

कुराकानीका क्रममा आदित्य रोय कपुर र अनन्या पाण्डेका एक साथीले भने, ‘करिब एक महिनाअघि उनीहरुको ब्रेकअप भएको थियो । उनीहरु सम्बन्धमा गम्भीर थिए । तर ब्रेकअपको खबरले हामी स्तब्ध छौं । अनन्या अगाडि बढ्न खोजिरहेकी छिन्, यसले पक्कै उनलाई चोट दिएको छ । उनी नयाँ साथीहरुसँग समय बिताइरहेकी छिन् । आदित्य पनि परिस्थितिसँग जुध्न खोजिरहेका छन् ।’

आदित्य र अनन्या दुई वर्षदेखि डेट गरिरहेका थिए । गत महिना अभिनेत्रीको एक पोस्टले इन्टरनेटमा चर्चा बटुल्यो । उक्त पोस्टपछि दुवै स्टारको ब्रेकअप भएको अड्कलबाजी चलिरहेको थियो ।

तर दुवैले आफ्नो सम्बन्धलाई कहिल्यै आधिकारिक भनेका छैनन् । यसैबीच ब्रेकअपको खबरमा दुवै स्टारले मौनता कायम राखेका छन् ।

उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘यदि यो साँच्चै तपाईंको लागि हो भने यो तपाईंमै फर्कनेछ । यसबाट मात्र तपाईंले पाठ सिक्न सक्नुहुन्छ । जुन तपाईं आफ्नै क्षमतामा मात्र सिक्न सक्नुहुन्छ ।’

गत वर्ष ‘कफी विथ करण ७’ मा अनन्या देखा परेपछि उनीहरुको सम्बन्धको खबर आउन थाल्यो । करण जोहरले अनन्या र आदित्य एकसाथ हुनसक्ने संकेत गरेका थिए । त्यसपछि यी दुवै युरोपमा छुट्टी मनाउन पुगेका थिए । बिदा मनाएको तस्वीर भाइरल समेत बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?