+
+

विश्व बजारबाट ३ अर्ब डोज कोभिड भ्याक्सिन फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १८:५१

काठमाडौं । औषधि कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारबाट ३ अर्बभन्दा बढी डोज कोभिड भ्याक्सिन फिर्ता लिने भएको छ ।

कम्पनीले भ्याक्सिनमा आफूलाई अविश्वसनीय गर्व रहेको बताएको छ, तर भिड भ्याक्सिन फिर्ता लिनुलाई व्यवसायिक निर्णय भनेको छ ।

कोभिडको नयाँ भेरियल्ट लक्षित गरेर कयौं भ्याक्सिन बजारमा उपलब्ध भएकाले आफ्नो एस्ट्राजेनेको माग निकै घटेको एस्ट्राजेनेकाले बताएको छ ।

एस्ट्राजेनेकाले नोभेम्बर २०२० मा कोभिड भ्याक्सिन ल्याएको थियो, जुन अरु भन्दा सस्तो र भण्डारण गर्न सहज थियो ।

अधिकांश अध्ययनले एस्ट्राजेनेका सहितका कम्पनीको कोरोना भ्याक्सिनले विश्वभरका करोडौं मानिसको ज्यान बचाएको देखाएको थियो । केबल एस्ट्राजेनेकाले पहिलो वर्ष मात्र ६० हजार भन्दाबढी मानिसको ज्यान बचाएको थियो ।

तर पछिल्लो समय भ्याक्सिनका कारण आफ्ना नातेदारको मृत्यु भएको र कयौंमा गम्भीर असर देखिएको भन्दै बेलायतको एउटा अदालतमा मुद्दा पर्‍यो । त्यही मुद्दामा एस्ट्राजेनेकाले बुझाएको दस्तावेजमा आफ्नो भ्याक्सिनका कारण केही मानिसमा केही असामान्य साइड इफेक्ट देखिएको स्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?