+
+

‘सिकन्दर’मा सलमान र रश्मिकाले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:४६

काठमाडौं । बलिउड अभिनेता सलमान खानले यस वर्षको इदमा नयाँ फिल्म ‘सिकन्दर’को घोषणा गरेका थिए । यतिबेला यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट आएको छ ।

फिल्मको मुख्य अभिनेत्रीमा रश्मिका मन्दानालाई कास्ट गरिएको छ । बलिउडका दबंग सलमानसँग रश्मिकाको यो पहिलो फिल्म हुनेछ । निर्माताले इन्स्टाग्राममा एक पोस्टर सेयर गर्दै रश्मिकालाई स्वागत गरेका छन् ।

हालैको ब्लकबस्टर ‘एनिमल’को सफलतापछि रश्मिका ‘सिकन्दर’मा दर्शकको मन जित्न तयार छिन् । सलमान र रश्मिकाको जोडी तयार भएपछि यसले दर्शकमा उत्साह पैदा गरेको छ । यो फिल्म सन् २०२५ को इदमा प्रदर्शन हुने जनाइएको छ । एआर मुरुगाडोस निर्देशित र साजिद नाडियाडवालाले निर्माण गर्ने यो फिल्मलाई लिएर यतिबेला पर्खाइ छ ।

फिल्मको घोषणाबारेको पोस्टमा रश्मिकाले लेखेकी छन्, ‘तपाईंहरु लामो समयदेखि मलाई नयाँ फिल्मको बारेमा सोध्दै हुनुहुन्छ र यो यहाँ छ । म साँच्चै कृतज्ञ छु र एक हुनुमा सम्मानित महसुस गरेकी छु । सिकन्दरको हिस्सा बन्न पाउँदा खुसी छु ।’

फिल्मको छायांकन पनि सुरु भइसकेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा सलमानलाई एक युवतीसँग पोज दिइरहेको देख्न सकिन्छ । ‘किक’, ‘जुडवा’ र ‘मुझसे सादी करोगी’ जस्ता सुपरहिट फिल्ममा सँगै काम गरेपछि सलमान खान र साजिद नाडियाडवाला ‘सिकन्दर’को लागि फेरि एकसाथ आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?