+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
४७ बलमा ६४ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
66/4 (12.1)
Shares

सभामुखसँग रास्वपाको अडान : संसदमा गृहमन्त्रीले बोल्न पाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १३:१७

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने बताएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सहभागी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा परियारले भनेका छन्, ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । तर, बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ ।’

छलफलमा नेपाली कांग्रेसकी सचेतक शुशिला थिङ, नेकपा एमालेका प्रमुख सचेतक हितराज पाण्डे, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डmे कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी उपस्थित थिए ।

दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ । जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् ।

साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । उक्त बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने लगायतका कार्यसूची छ । साँझ बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग रास्वपाले राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?