+
+

१० करोड ४० लाख मूल्य पर्ने एउटा रूख दुई युवाले काटिदिएपछि …

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १५:११

३ वैशाख, काठमाडौं । बेलायतको नर्थथम्बरलेन्ड राष्ट्रिय निकुञ्जमा रहेको विश्व प्रसिद्ध रूख स्याकमोर ग्याप कटानमा निर्दोष रहेको जिकिर एक अभियुक्तले गरेका छन् । उनले अदालत समक्ष आफू निर्दोष रहेको जिकिर पेस गरेको बीबीसीले उल्लेख गरेको छ ।

डेनियल ग्राहम र एडम क्यारेथरलाई रूख कटान र हेड्रियन वालमा क्षति पुर्‍याएको अभियोग लागेको थियो । अभियुक्त मध्येका ग्राहमले न्युक्यासल स्थित अदालतमा आफू दोषी नरहेको भन्दै निवेदन दिएका हुन् ।

गत सेप्टेम्बरमा स्याकमोर ग्याप रूख काटिएको थियो । रुख कटानको अभियोगमा ग्राहम र क्यारेथलाई मुद्दा चलाइएको थियो । उनीहरूलाई फौजदारी अभियोग अन्तर्गत मुद्दा चलाइएको हो ।

उक्त रूखको मूल्यांकन ६ लाख २० हजार पाउन्ड (झण्डै १० करोड ४० लाख) गरिएको अदालतको दस्तावेजमा उल्लेख छ । रूख कटान हुँदा ६ लाख २२ हजार बराबरको क्षति भएको दाबी गरिएको छ । यस्तै वालमा १ हजार १४४ पाउण्ड बराबरको क्षति भएको दाबी गरिएको छ । गत वर्षको २८ सेप्टेम्बरमा रूख काटिएको थियो ।

उक्त रूख रोमन वालमा १८०० शताब्दीदेखि रहेको जिकिर गरिएको छ । उक्त रूख सबैभन्दा बढी फोटो खिचिने रूख मध्येमा पर्छ । यो रूख कटानप्रति विश्वभरनै आक्रोश पैदा भएको बीबीसीले जनाएको छ ।

यो रूख पर्यटकका लागि निकै आकर्षणको केन्द्रमा पर्थ्यो । अभियुक्तद्वयलाई १२ जुनमा अदालतमा हाजिर हुनेगरी धरौटीमा रिहा गरेको बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?