+
+

यार्सा टिप्न गएका युवाको लेक लागेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १३:५८

२८ वैशाख, सुर्खेत । यार्सागुम्बा टिप्न गएका जाजरकोटका एक युवाको डोल्पामा लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङ रहेका छन् ।

उनको यार्सागुम्बा खोज्नका लागि पाटन तर्फजाँदै गर्दा से–फोक्सुन्डो गाउँपालिका–५, दुलुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार देवेन्द्रको मंगलबार मृत्यु भए पनि प्रहरीले भने बिहीबार बेलुका मात्रै जानकारी पाएको थियो ।

‘नेटवर्क समस्याले होला हामीले हिजो बेलुका मात्रै जानकारी पायौँ’ डिएसपी केसीले भने, ‘सदरमुकामबाट त्यहाँ पुग्नै दुई दिन लाग्छ । शव लिनका लागि प्रहरी टोली पठाएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?