+
+

संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक (तस्वीरहरू)

चन्द्रबहादुर आले आर्यन धिमाल चन्द्रबहादुर आले, आर्यन धिमाल
२०८१ जेठ ४ गते १५:५६

४ जेठ, काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक लगाएको छ ।

शुक्रबार बिहान संसद् भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले संसद् भवन अगाडि प्रर्दशन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी दिए । उनले भने, ‘प्रदर्शन गर्न आएकाहरूलाई हामीले नियन्त्रणमा लिएका छौं ।’

बाहिर प्रदर्शन नभएको र अवस्था शान्तिपूर्ण रहे पनि प्रहरीले फुटपाथ खुला गरेको छैन ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?