+
+

काठमाडौंको थलीमा भेटिएको शवको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते ९:३६

८ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । उनी भक्तपुर नगरपालिका–७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी भएको प्रहरीले जनाएको छ । उनी आज बिहान काठमाडौंको थलीमा मृत फेला परेका थिए ।

धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक निष्कर्षमा  प्रहरी पुगेको छ ।

घटनाबारे  विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । म‌ंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?