+
+

पक्राउ नगर्न आदेश माग्दै सिरोहिया सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १७:२८

८ जेठ, काठमाडौं । जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पूर्जीविरुद्ध कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत धनुषाको अनुमति खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

उनले निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् । रिट निवेदन लिएर उनी आफैं सर्वोच्च अदालत पुगेका थिए । रिट निवेदन अदालतमा पेश भएपछि दर्ता भइसकेको छैन ।

सिरोहिया गत २५ वैशाखमा आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई झिकाएपछि निवेदनमाथि सुनुवाइ हुन सकेको छैन ।

सिरोहियाको नागरिकतामा कैफियत रहेको भन्दै प्रहरीले उनीमाथि छानविन अघि बढाएको छ । त्यसक्रममा मंगलबार जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र पनि लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?