२ असार, काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी घोटालामा संलग्न केहीलाई पक्राउ गरेको हो ।
बचकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
सहकारी अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेशमा यो सहकारी पनि समावेश छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4