+
+
Shares

धितोपत्र बोर्डले अघि बढायो हकप्रद निष्कासन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १८:१५

७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन अनुमति दिने कार्य अघि बढाएको छ । यसै क्रममा शुक्रबार मात्रै हिमालय ऊर्जा विकास कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । पुसयता हकप्रद निष्कासनको कार्य रोकिएको थियो ।

‘कुनै कैफियत नभएका थप सेयर निष्कासनको लागि प्रक्रिया पूरा गरेका कम्पनीलाई क्रमिक रुपमा अघि बढाउने निर्णय भएको छ’ कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज अधिकारीले भने ‘सोही अनुसार हकप्रद निष्कासनको अनुमति दिन थालिसकेका छौं ।’

प्राथमिक सेयर निष्कासन (आईपीओ)को कार्य भने तत्काल अघि नबढ्ने भएको छ । आईपीओ निष्कासनको स्वीकृतिका लागि बोर्ड बैठक बसेर केही निर्णय गर्नुपर्ने भएकाले हाललाई आईपीओ निष्कासन कार्य अघि नबढ्ने भएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?