+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मधेशका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:५७

२१ असार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि (शनिबार) विश्वासको मत लिने भएका छन् ।

उनले विश्वासको मत लिनको लागि शनिबार बिहान ११ बजे प्रदेश सभा बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

जनमत पार्टीका सिंह २५ जेठमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसअघि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव २३ जेठमा प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त भएपछि २५ जेठमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतसहित जनमतका सिंह मुख्यमन्त्री बनेका थिए ।

१०७ सदस्यीय प्रदेश सभामा अहिले सत्तापक्षीय एमालेको सभामुखसहित २५, जनमतको १३, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ८ सिट छ भने नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको १–१ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?