+
+
Shares

माछापुच्छ्रे बैंकका ग्राहकलाई नियोन क्रेडिट कार्ड सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १४:५६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ ।

नेपाली बैंकिङ उद्योगमा नै पहिलो पटक ग्राहकका लागि उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित नेपाली रुपैयाँ र अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यो सुविधा आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहकका साथै देश विदेश यात्रा गर्ने ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । अन्य कार्डभन्दा फरक रहेको ‘नियोन क्रेडिट कार्ड’ को डिजाइन आकर्षक रहेको छ ।

‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसामार्फत सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम भएको बैंकले जनाएको छ ।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपालभरिका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरूमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् ।

साथै ५ हजार रुपैयाँ वा सो बराबरको ट्याप एन्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन् । यसबाट ग्राहकले प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभूति गर्ने विश्वास बैंकले लिएको छ ।

नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासब्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरू तथा छुट सम्बन्धी विवरणको बारेमा बैंकको वेभसाइट, सामाजिक सञ्जाल मार्फत ग्राहकलाई निरन्तर जानकारी गराइने बैंकले जनाएको छ ।

नियोन क्रेडिट कार्ड को पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको माछापुच्छ्रे बैंकको नवीनतम योजना हो, जस अन्तर्गत सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरू उपलब्ध गराउने बैंकको योजना छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नियोन क्रेडिट कार्ड सुविधाले ग्राहकको नवीनतम आकांक्षाहरू सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?