२० असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन गरेको छ ।
बैंकले एकल लगानीमा परियोजनामा वित्तीय व्यवस्थापन गरेको हो । कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी बैंकले गर्नेछ ।
परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ । २० मेगावाट क्षमताको यस ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्न तथा ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासलाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्याउने ऊर्जा पूर्वाधार परियोजनाहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु बैंकको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धताको निरन्तरताका रूपमा रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4