+
+
Shares

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएसँगै नेपालमा उक्त सेवा औपचारिक रूपमा सुरु भएको छ।
  • विदेशमा रहेका नेपालीले ट्यापट्याप सेन्डको मोबाइल अनुप्रयोगमार्फत नेपालमा रकम पठाउन सक्नेछन्, र माछापुच्छ्रे बैंकको एमबीएल रेमिटबाट नगद भुक्तानी लिन सक्नेछन्।
  • पठाइएको रकम माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा जम्मा गर्न सकिनेछ, र ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत नगद भुक्तानी प्राप्त गर्न सकिनेछ।

१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै नेपालमा उक्त सेवामार्फत विप्रेषण कारोबारसमेत औपचारिक रूपमा सुरु भएको छ।

सम्झौताअनुसार विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्ड रेमिटको मोबाइल अनुप्रयोग प्रयोग गरी सहजै नेपालमा रकम पठाउन सक्नेछन्।

यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको विप्रेषण सेवा ‘एमबीएल रेमिट’ मार्फत नगद भुक्तानी लिन सकिनेछ। त्यस्तै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। देशभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले नगद भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विप्रेषणबाट प्राप्त रकमले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार तथा आवासजस्ता आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुर्‍याएको छ। यसका साथै बचत तथा लगानी क्षमता बढाउँदै आर्थिक सुरक्षा र आत्मनिर्भरता अभिवृद्धिमा समेत योगदान दिएको छ।

माछापुच्छ्रे बैंकले सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप प्रचलित कानुन तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्डको पालना गर्दै आएको जनाएको छ। बैंकले अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासअनुरूप पारदर्शी, उत्तरदायी र नियमनको पूर्ण पालना गर्ने सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ।

बैंक र ट्यापट्याप सेन्डबीचको सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ। यसबाट सेवाग्राहीले आधुनिक, सुरक्षित र प्रभावकारी विप्रेषण सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?