काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड’ अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ ।
इन्स्टिच्युट्स अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले सञ्चालन गरेको वार्षिक कार्यक्रम अन्तर्गत सो पुरस्कार प्राप्त गरेको एनसीएचएलले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरस्कार प्राप्त गरेको एनसीएचएलले जनाएको छ ।
अघिल्ला वर्षहरूमा समेत एनसीएचएलले आईक्यान तथा साउन एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) बाट ‘बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड’ प्राप्त गर्दै आएको छ ।
कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूमार्फत प्रवर्द्धित कम्पनी हो ।
एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिबद्धताको सम्मान स्वरूप उक्त अवार्डलाई लिएको जनाइएको छ ।
प्रतिक्रिया 4