२७ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को ईएफटी सदस्यका रूपमा नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच सिटिजन्स बैंक र एनएचएलबीच यससम्बन्धी सम्झौता भएको हो ।
राष्ट्रिय कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम र ईएफटी स्विचमार्फत नेपालपे कार्ड सञ्चालनका लागि दुई संस्थाबीच हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।
यो सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकले छिट्टै नेपालको आफ्नै कार्ड स्किम ‘नेपालपे कार्ड’ प्राप्त गर्नेछन् । साथै, अब सिटिजन्स बैंकका एटीएम तथा पीओएस टर्मिनलमा नेपालपे कार्डका अतिरिक्त डिस्कभर, डाइनर्स र पल्सजस्ता अन्तर्राष्ट्रिय कार्ड पनि चल्नेछन् ।
प्रतिक्रिया 4