+

निरजलाई पछि पार्दै पाकिस्तानका नदिमले जिते ओलम्पिकमा स्वर्ण

२०८१ साउन  २५ गते ९:५७ २०८१ साउन २५ गते ९:५७
निरजलाई पछि पार्दै पाकिस्तानका नदिमले जिते ओलम्पिकमा स्वर्ण

२५ साउन, काठमाडौं । पाकिस्तानका अर्शद नदिमले कीर्तिमानसहित पेरिस ओलम्पिकमा स्वर्ण जितेका छन् ।

नदिमले एथ्लेटिक्स अन्तर्गत पुरुष ज्याभलिन थ्रोमा ९२.९७ मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । नदिमले टोकियो ओलम्पिकमा स्वर्ण जितेका भारतीय निरज चोपरालाई पछि पार्दै स्वर्ण जितेका हुन् ।

एथ्लेटिक्समा पाकिस्तानले जितेको यो पहिलो स्वर्ण समेत हो । यसअघि पाकिस्तानले ओलम्पिकमा हक्कीमा तीन स्वर्ण जितेको थियो ।

नदिमले सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका आन्द्रेस थोरकिल्डसेनले बनाएको ९०.५७ मिटरको ओलम्पिक कीर्तिमान तोडेका हुन् ।

लगातार दोस्रो पटक ओलम्पिकमा स्वर्ण जित्ने योजनामा रहेका निरज चोपराले ८९.४५ मिटर थ्रो फाल्दै रजत जिते । ग्रेनडाका एन्डरसन पिटर्सले ८८.५४ मिटर फाल्दै कांस्य जिते ।

निरज चोपरा पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय