+
+

ट्रम्प र ह्यारिसको जीवनका केही रोचक कहानी

एजेन्सी एजेन्सी
२०८१ कात्तिक १७ गते १५:२१
तीन वर्षको उमेरमा कमला र ट्रम्प ।

१७ कात्तिक, काठमाडौं । चुनाव प्रसारको क्रममा अमेरिकी मतदाताले दुवै उम्मेदवार (कमला ह्यारिस र डोनाल्ड ट्रम्प) का कैयौं प्रकारका तस्वीर हेर्न पाइरहेका छन् तर यहाँ तपाईं उम्मेदवारका फरक प्रकारको तस्वीर हेर्न पाउनुहुनेछ ।

यसले उनीहरू को हुन् र कहाँबाट आएका हुन् भन्ने स्पष्ट पार्नेछन् ।

माथिका दुई तस्वीर कमला ह्यारिस र डोनाल्ड ट्रम्पका बाल्यकालका हुन् जब उनीहरू तीन वर्षका थिए । त्यतिबेला उनीहरूलाई ह्वाइट हाउस के हो भनेर थाहै थिएन ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिसले आफ्नो सुरुवाती केही वर्षहरू क्यालिफोर्नियाको अकल्याण्डमा बिताइन् ।

त्यस्तै, रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको पालनपोषण न्युयोर्कको क्विन्स नगरमा भएको थियो ।

ह्यारिस र उनको बहिनी मायाको पालनपोषण उनकी भारतीय आमा श्यामला गोपालन ह्यारिसले गरेकी थिइन् । उनी क्यान्सर अनुसन्धानकर्ताका साथै सामाजिक कार्यकर्ता पनि थिइन् ।

कमला ह्यारिस (बाँया) र बीचमा उनकी बहिनी माया । दायाँतर्फ सैनिक एकेडेमीमा आफ्ना मातापितासँग ट्रम्प

ट्रम्पका पिता फ्रेड ट्रम्प जर्मन आप्रवासीका छोरा थिए भने उनकी आमा म्यारी एनी म्याकलियोड ट्रम्प स्कटल्याण्डमा जन्मिएकी थिइन् । उनले १३ वर्षीय ट्रम्पलाई न्युयोर्क सैनिक एकेडेमीमा भर्ना गरेकी थिइन् ।

कमला ह्यारिसले पाँच वर्ष क्यानडाको मोन्ट्रियलस्थित एक उच्च विद्यालयमा बिताइन्, जहाँ उनकी आमा म्याकगिल विश्वविद्यालयमा पढाउन थालिन्। पछि उनले हावर्ड विश्वविद्यालयमा भर्ना पाइन्।

ट्रम्पका अनुसार सन् १९५९ मा एकेडेमीमा भर्ना भएका उनले पाँच वर्ष सैनिक प्रशिक्षण र नेतृत्व क्षमता सुधारमा केन्द्रित रहेर बिताए ।

पछि भियतनाम युद्धमा सहभागी नभएका उनलाई शैक्षिक कारण र हड्डीको चोटको कारण एकेडेमीबाट बाहिरिए ।

सानै उमेरमा ह्यारिसलाई उनकी आमाले नागरिक अधिकार आन्दोलनको महत्व बारे सिकाइन् र सन् २००४ मा वासिङ्गटनमा भएको वार्षिक मार्टिन लूथर किंग जुनियर फ्रिडम मार्चमा उनी सहभागी भइन् ।

पेन्सिलवेनिया विश्वविद्यालयको व्हार्टन स्कुलबाट डिग्री हासिल गरेपछि ट्रम्प आफ्नो पारिवारिक व्यवसाय सम्हाल्नका लागि पिताको रोजाइमा परे ।

ह्यारिस क्यालिफोर्निया फर्किइन् जहाँ उनी राज्यको आपराधिक न्याय प्रणालीमा तीव्र रूपमा सबैभन्दा उच्च ओहदामा पुग्न सफल भइन् ।

उनी त्यहाँ न्यायाधीवक्ता बनिन् । सन् २०१६ मा अमेरिकी सिनेटको चुनाव लडेकी उनी विजय पनि भइन् ।

ह्यारिस संसद प्रवेश गरिरहेको समय ट्रम्पले पहिलोपटक ह्वाइट हाउसमा कदम राखिरहेका थिए । ट्रम्पले हिलारी क्लिन्टनलाई हराएर संसारलाई चकित बनाएका थिए ।

कमला हैरिस और डोनाल्ड ट्रंप
कमला र ट्रम्पको पुराना तस्वीर ।

तीन वर्षपछि सुस्त गतिमै भए पनि राष्ट्रपति बन्ने अभियान सुरु गरिन् तर डेमोक्रेटिक पार्टीभित्रको प्रतिस्पर्धामा बाइडेनले उनलाई आफ्नो साथ लिए ।

ह्यारिस र बाइडेन मिलेर ट्रम्प र माइक पेसलाई चुनावमा पराजित गर्न सफल भए ।

ट्रम्पले राष्ट्रपति पद छाडेपछि र बाइडेन-ह्यारिसले आफ्नो कार्यकाल सुरु गरेपछि अमेरिकाले धेरै कुराहरू देख्यो।

जस्तै कोभिड लकडाउन, मास्कको अनिवार्यता र प्रहरीले जर्ज फ्लोयडको हत्या पछि मच्चिएको सामाजिक अशान्ति।

ह्यारिसले उपराष्ट्रपतिको रूपमा आफ्नो पहिचान स्थापित गर्न धेरै कठिनाइहरूको सामना गर्नुपर्‍यो, तर सन् २०२२ मा जब अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गर्‍यो, उनले आफ्नै पहिचान पाइन्।

राष्ट्रपति बाइडेन त्यसबाट खुसी बने किनकि ह्यारिसले ‘प्रो-च्वाइस आन्दोलन’ (महिलाको गर्भपतनको अधिकारको पक्षमा वकालत गर्ने आन्दोलन) को लागि ह्वाइट हाउसबाटै नेतृत्व गरेकी थिइन् ।

ट्रम्पले गर्भपतनसम्बन्धी फैसलालाई सहज बनाएर सर्वोच्च अदालतलाई अझ रूढिवादी बनाएको थियो। राष्ट्रपति भएका बेला उनले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिर निकालेका थिए र आप्रवासनलाई कम गर्नका लागि कदम चालेका थिए ।

उपराष्ट्रपति भएपछि ह्यारिसले सन् २०२१ मा आफ्नो पहिलो विदेश भ्रमण ग्वाटेमालाबाट सुरु गरेकी थिइन्। त्यहाँ उनलाई मेक्सिकोसँगको अमेरिकाको दक्षिणी सीमामा पुग्ने ल्याटिन अमेरिकी आप्रवासीहरूको संख्या घटाउने जिम्मेवारी दिइएको थियो।

उनी उपराष्ट्रपति हुँदा धेरै विदेश नीतिसम्बन्धी मुद्दाहरूले प्रमुखता पाएका थिए, जस्तै कि युक्रेन र गाजाबीचको युद्ध । यसबाहेक, अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता ल्याउने काम पनि निकै दर्दनाक थियो।

कमला हैरिस और डोनाल्ड ट्रंप
हाल कमला र ट्रम्प ।

त्यस्तै, राष्ट्रपतिको रूपमा ट्रम्पले आफ्नो पहिलो विदेश यात्रा सन् २०१७ मा साउदी अबरबाट सुरु गरेका थिए ।

ट्रम्पले कैयौं प्रकारका अलगाववादी नीतिको वकालत गरे जस्तो कि जस्तै देशलाई विदेशी द्वन्द्वहरूबाट टाढा राख्ने र अमेरिकी उद्योगलाई प्रोत्साहन गर्ने।

ह्यारिसको विवाह डग एमहाफसँग भयो जसले नियमित रूपमा उनको प्रचार प्रसारको काम गर्छन् ।

ट्रम्पलाई परिवारका सदस्यहरूले हमेसा राजनीतिक भूमिकामा सघाएका छन् । तर सन् २०२४ को अभियानमा उनकी पत्नी मेलानिया ट्रम्पले एकदमै कम समय सहकार्य गरिन् ।

ह्यारिसले पहिलो अश्वेत र एशियाई-अमेरिकी महिला रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेर इतिहास रचिन्। त्यसपछि उनले इलिनोइसको शिकागोमा डेमोक्रेटिक राष्ट्रिय सम्मेलनमा भाषण दिइन्।

त्यसैगरी, डोनाल्ड ट्रम्पलाई आफ्नो पार्टीबाट तेस्रो पटक राष्ट्रपति पदको लागि टिकट प्राप्त गर्ने गौरव प्राप्त भयो।

उनले विस्कन्सिनको मिल्वौकीमा रिपब्लिकन राष्ट्रिय सम्मेलनमा भाषण दिए। जहाँ उनी आफ्नो हत्या प्रयासबाट बच्न सफल भए । गोली लागेका उनको एक कानमा पट्टी बाँधिएको थियो।

(बीबीसी हिन्दीबाट)

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?