+
+

क्यानडाले आफ्ना कुटनीतिज्ञमाथि निगरानी गरिरहेको भारतको आरोप  

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १७ गते १६:५४

१७ कात्तिक, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले क्यानडा सरकारले भारतका कुटनीतिज्ञहरूको अडियो-भिडियोमार्फत् निगरानी गरिरहेको आरोप लगाएका छन् ।

शनिबार आयोजित मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले  क्यानडाली सरकारले आफ्ना वाणिज्य दूतावासका केही कर्मचारीहरूलाई उनीहरूको अडियो र भिडियो निगरानी भइरहेको र यो क्रम जारी रहने भनेर सूचित गरेको जिकिर गरे ।

‘उनीहरूको कुराकानीमा पनि अवरोध पुर्‍याइएको छ । हामीले औपचारिक रूपमा क्यानडाली सरकारसमक्ष यसको विरोध जनाएका छौं’ उनले भने, ‘किनकि यी कार्यहरू राजनीतिक तथा वाणिज्यदूत सम्झौताहरूको उल्लंघन हो ।’

प्राविधिक कुराहरूको आधारमा क्यानडाली सरकारले यो तथ्यलाई जायज ठहर्‍याउन नसक्ने उनले तर्क गरे । ‘उनीहरू उत्पीडन र धम्कीमा संलग्न छन्, हाम्रा राजनीतिक तथा वाणिज्यदूत कर्मचारीहरू पहिले नै उग्रवाद र हिंसाको वातावरणमा काम गरिरहेका छन् ।’

प्रवक्ता जायसवालले अगाडि थपे, ‘क्यानडा सरकारको यस कार्यले स्थिति झनै बिग्रन्छ र स्थापित राजनीतिक मापदण्ड तथा प्रचलनहरूसँग मेल खाँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?