+
+

किन विवादमा पर्‍यो अजरबैजान कोप-२९ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ७:१५

२८ कात्तिक, काठमाडौं । विश्वव्यापी तापमान वृद्धिलाई रोक्ने उद्देश्यले विश्वभरका नेताहरू संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो बैठक अर्थात् कोप-२९ मा भेला भएका छन् ।

अजरबैजानमा सुरु भएको यो जलवायु सम्मेलनको मुख्य उद्देश्य पर्यावरणमा नोक्सानी पुर्‍याउने हरितगृह ग्यास उत्सर्जनलाई रोक्न गरीब देशहरूका लागि कसरी अधिकतम् रकम जुटाउने भन्नेमा सहमति जुटाउनुरहेको छ । जलवायु परिर्वतन सिर्जित प्रभावका कारण हुने क्षतिबाट बँच्नका लागि त्यसबाट मद्दत मिल्ने अपेक्षा रहेको छ ।

तर अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको जितपछि विभिन्न प्रश्नहरू उब्जिएका छन् । ट्रम्पले जलवायु परिवर्तनको सवाललाई आशंकाको दृष्टिले हेर्ने विश्वनेताको छबि बनाएका छन् ।

अर्कोतर्फ युद्ध तथा जीवनयापनसँग सम्बन्धित मुद्दाहरू ध्यान भड्काउने खालका साबित भइरहेका छन् । साथै, कोप-२९ मा कैयौं ठूला नेताहरूले भाग लिइरहेका छैनन् ।

कोप-२९ को आयोजना गरेको अजरबैजान मानव अधिकार उल्लंघनको मामिलामा अनुसन्धानको दायरमा रहेको छ । साथै अजरबैजानमाथि जिवाष्म इन्धनसँग सम्बन्धित सम्झौताका लागि कोप-२९ को आयोजना गरेको आरोप पनि लाग्ने गरेको छ ।

कोप-२९ के हो ?

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको २९ औँ बैठक, कोप-२९ जलवायु परिवर्तनको मुद्दामा सबैभन्दा महत्वपूर्ण बैठक मध्ये एक हो । नोभेम्बर ११ बाट सुरु यो बैठक नोभेम्बर १२ सम्म चल्दैछ ।

कोप अर्थात् सीओपीको पूरा रूप ‘कन्फरेन्स अफ पार्टिज’ हो । यसमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन ढाँचा महासन्धिमा हस्ताक्षर गरेका देशहरू सहभागी छन् ।

उक्त महासन्धिमा सन् १९९२ मा करीब २ सय देशले हस्ताक्षर गरेका थिए । कोपमा सामेल देशका प्रतिनिधिहरू जलवायु परिवर्तनसँग जुध्ने तरिकाहरूका विषयमा कुराकानी गर्नका लागि हरेक वर्ष बैठकमा सहभागी हुन्छन् ।

कोप-२९ मा को सहभागी हुँदैछन्, को हुँदैनन् ?

कोपको बैठकमा सामान्य रूपमा मुलुकका राष्ट्रपति तथा प्रधानमन्त्रीहरू सहभागी हुने गर्दछन् । तर यो पटक भने विश्वका विभिन्न ठूलो अर्थव्यवस्था तथा कार्बन उत्सर्जक मुलुकका प्रमुखहरू सहभागी हुने छैनन् ।

अमेरिकी राष्ट्रप्ति जो बाइडेन, चीनका राष्ट्रपति सी जिनपिङ र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जर्मन चान्सलर ओलाफ शाल्स र युरोपेली आयोगका अध्यक्ष उर्सुला भानडेर लेयनसम्मले कोप-२९ मा भाग लिएका छैनन् ।

यी नेताहरू विभिन्न कारणले कोप-२९ मा अनुपस्थित हुनेछन् । साथै जो नेता कोप-२९ मा सहभागी हुँदैछन् उनीहरूको मानसपटलमा पनि मध्यपूर्वको संघर्ष तथा युक्रेन र रूसबीच चलिरहेको युद्धको कुरा खेलिरहेको हुनेछ ।

 रूस के कज़ान में मिले पीएम मोदी और चीनी राष्ट्रपति शी जिनपिंग

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक थोमस हेलका अनुसार बैठकमा आउने नेताहरूको मनमा पनि पहिलो मुद्दा जलवायु परिवर्तन हुनेछैन ।

एउटा तथ्य यो पनि हो कि अजरबैजानसँग यस्तो राजनीतिक तथा वित्तिय सामर्थ्य छैन जसबाट उसले कोप-२९ मा भएका सम्झौतालाई सुरक्षित गर्न सकोस् । विभिन्न देशका प्रमुखहरूलाई यस्तो पनि लागिरहेको छ कि ब्राजिलमा अर्कोवर्ष हुने कोप-३० मा प्रमुख काम हुनेछ ।

कोप-२९ मा के चर्चा भैरहेको छ ?

यो वर्षको बैठकको मुख्य सवाल पैसा नै हो । सन् २०१५ मा भएको पेरिस सम्झौतामा वैश्विक तापमानलाई औद्योगिक युगअघिको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा धेरै बढ्न नदिने लक्ष्य निर्धारित गरिएको छ । यसो गर्नका लागि हरितगृह ग्यासको उत्सर्जन कम गर्नुपर्छ र त्यसका लागि देशहरूले आफ्ना प्रयासहरूलाई तिव्रता दिनु आवश्यक छ ।

पेरिस सम्झौता अनुसार विभिन्न देशहरूले सन् २०२५ सम्म विकासशील देशहरूका लागि एक नयाँ नगदी लक्ष्य तय गर्नु थियो । उदीयमान अर्थव्यवस्था भएका देशहरूको कार्बन उत्सर्जन घटाउनमा मद्दत गर्नका लागि सहयोग गर्न त्यसको प्रयोग गर्नुपर्थ्यो ।

नयाँ आर्थिक लक्ष्यमा हुने सहमतिलाई धनी र गरीब देशहरूको बीचको विश्वास कायम गर्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ, तर यसको अहिलेसम्मको ट्रयाक रेकर्ड राम्रो छैन ।

May be an image of 4 people

अफ्रिकी तथा टापु देशहरूको माग सन् २०३० सम्ममा जलवायुका लागि १ ट्रिलियन डलर बजेट हुनुपर्छ भन्ने रहेको छ । जबकि चीन र खाडी देशलाई विकासशील अर्थव्यवस्थाका रूपमा वर्गीकृत गरिएको छ र सोही कारण ती देशले जलवायु कोषमा गर्नुपर्ने योगदानमा छुट दिइएको छ । तर युरोपेली संघ तथा अन्य धनी देशहरूले रकममा वृद्धि गर्नुपरे यस्तो व्यवस्था हटाउनुपर्ने बताउँदै आएका छन् ।

साथै रेक देशले जलवायु परिवर्तनको मुद्दासँग जुध्नका लागि बनाएका योजनाहरू पनि यो सम्मेलनमा पेचिलो मुद्दा बन्नसक्छ । देशहरूले हरेक पाँच वर्षमा आफ्नो योजना अद्यावधिक गर्नुपर्छ र अघिल्लो समयसीमा फेब्रुअरीको रहेको छ ।

केही देशहरूले कोप बैठकमा आफ्नो रणनीति शेयर गर्नेछन्, तर उनीहरू यदि तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्नबाट रोक्नका लागि असमर्थ भएभने यसबाट जलवायु परिवर्तनसँग जुध्ने महत्वपूर्ण देशमा समस्या पैदा गर्न सक्दछ।

अघिल्लो बैठकमा जिवाष्म इन्धनका विषयमा भएका सम्झौता अहिलेसम्म पनि कार्यान्वयन हुन सकेका छैनन् । हालै सम्पन्न जी २० सम्मेलनमा सहभागी विभिन्न देशहरूले कोइला, ग्यास तथा तेलको सम्बन्धमा गरेको वाचाबाट पछि हट्न चाहेको संकेत गरेका थिए ।

पर्यावरणका विषयमा हुने बैठक कसरी असफल हुन्छन्, यो हेर्न टाढा जानु पर्दैन । दुई हप्ताअघि कोलम्बियामा भएको चर्चा यसको मुख्य उद्देश्यमा सहभागी देशहरू सहमत नहुँदा सफल भएन ।

किन विवादमा पर्‍यो अजरबैजानमा आयोजित कोप-२९ ?

आगामी दशकसम्ममा ग्यास उत्पादनलाई एक तिहाइले बढाउने योजना अजरबैजानको रहेको छ । यस्तोमा कतिपय पर्यवेक्षकहरू चिन्तित छन् । बीबीसीले आफ्ना विभिन्न रिपोर्टमा गरेको खुलासा अनुसार अजरबैजानका अधिकारीहरूले आफ्नो तेल तथा ग्यास कम्पनीहरूमा लगानी बढाउनका लागि कोप-२९ को आयोजना गरिरहेका छन् ।

May be an image of lighting and speaker

मानव अधिकारको खराब रेकर्ड भएको यो देशमा कोप-२९ जस्तो महत्वपूर्ण सम्मेलनको आयोजना हुने विषयलाई नै कतिपयले आपत्तिजनक मानेका छन् ।

डोनाल्ड ट्रम्पको जितले के असर पार्ला ?

अमेरिकाको आगामी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जितले पनि विभिन्न चिन्ताहरू उत्पन्न गरिदिएको छ । ट्रम्पले धेरैपटक हरित उर्जालाई बढावा दिने प्रयासलाई धोका बताइसकेका छन् ।

 

ट्रम्पको जितलाई कतिपय जलवायु विशेषज्ञहरूले झट्काको रूपमा हेरिरहेका छन् । उसो त ट्रम्पले कोप-२९ मा भाग लिनेछैनन्, तर बाइडेन प्रशासनले जेसुकै मुद्दामा जोड दिनेछ त्यो ट्रम्प नेतृत्वको प्रशासनका लागि बाध्य हुनेछैन ।

यो वर्ष विश्वमा के भयो ?

अमेरिकामा हेलेन र मिल्टन आँधीले गर्मी बढायो । त्यसका अलावा स्पेनमा आएको बाढीले करीब २ सय जनाको मृत्यु भयो ।

लण्डनस्थित इम्पेरियल कलेजका प्राध्यापक जोएरी रोगेल्स भन्छन्, ‘जलवायु परिवर्तन साझा समस्या हो । यसमा हरेक वर्ष ढिलाई हुनुको अर्थ थप विश्व उष्णीकरण हुनु हो । अब यो विषयमा काम गर्नुपर्ने समय आएको छ ।’

असर के होला ?

छोटो समयका लागि कोप सम्मेलनले कुनै देशलाई आफ्नो देशको अर्थव्यवस्थालाई अघि बढाउनमा सहयोग गर्नसक्छ, जस्तो कि हरित सामर्थ्यलाई बढावा दिन ।

यसले धनी देशलाई गरीब देशको निम्ति ठूलो रकम भुक्तानी गर्नका लागि पनि प्रतिबद्ध बनाउन सक्दछ।

No photo description available.

दीर्घकालीन रूपमा हेर्ने हो भने सुरक्षित तथा स्वच्छ विश्वको निर्माण जो कोहीका लागि गर्नुपर्छ ताकि जलवायु परिवर्तनको सबैभन्दा खराब अवस्थालाई रोक्न सकियोस् ।बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?