+
+

मौरीले रोक्यो जुकरबर्गको योजना, बनाउन सकेनन् आणविक ऊर्जायुक्त एआई डेटा सेन्टर

एजेन्सी एजेन्सी
२०८१ कात्तिक २८ गते १३:४२

माहुरीका कारण फेसबुक संस्थापक मार्क जुकरबर्गको एउटा ठूलो योजनामा रोकावट आएको छ । जुकरबर्गले अमेरिकामा सजिलैसँग आणविक ऊर्जा प्राप्त हुने एउटा ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टर निर्माण गर्ने योजना बनाएका थिए । तर, आणविक भट्टी निर्माण गर्ने उक्त ठाउँमा मौरीको एक दुर्लभ प्रजाति पाइएको छ र त्यसले गर्दा एआई डेटा सेन्टर निर्माणको योजना धकेलिएको छ।

मेटा सीईओ मार्क जुकरबर्गले एक आणविक ऊर्जा अपरेटरसँग सम्झौता गर्न थालेका थिए । मिडिया रिपोर्ट अनुसार गत हप्ता मात्रै एक कर्मचारीले त्यस क्षेत्रमा दुर्लभ प्रजातिको मौरी फेला परेको र कम्पनीले नियमको पालना गर्नुपर्ने हुँदा उक्त परियोजना अघि बढाउन निकै कठिन भएको बताएका छन् ।

यदि उक्त सम्झौता अघि बढेको खण्डमा मेटासँग परमाणु ऊर्जाबाट सञ्चालन हुने पहिलो एआई डेटा सेन्टर हुने थियो । यदि मेटाले वैकल्पिक स्थान फेला पारेको खण्डमा एआई पावर्ड डेटा सेन्टरको योजना भविष्यमा यथार्थमा परिणत हुनेछ ।

जुकरबर्गले प्रतिस्पर्धी कम्पनीहरुले पनि आणविक ऊर्जाको क्षेत्रमा लगानी गरिरहेको हुनाले यस योजनालाई कम्पनीले छिटो भन्दा छिटो पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

स्मरण रहोस् गुगलले सन् २०३० बाट सुरु हुने आफ्नो डेटा सेन्टरलाई विद्युत आपूर्ति गर्नका लागि सातवटा मिनी न्युक्लियर पावर प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ । उसले परमाणु रियक्टर बनाउनका लागि स्टार्टअप क्यारोस पावरसँग पनि मिलेर काम सुरु गरिसकेको छ । त्यसैगरी अमेजन र माइक्रोसफ्टले पनि यस दिशामा काम गर्न सुरु गरेका छन् ।

के हो एआई डेटा सेन्टर ?

एआई डेटा सेन्टर वास्तवमा वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी काम पूरा गर्नका लागि तयार गरिन्छ । ती केन्द्रमा ठूलो स्तरमा कम्प्युटिंग सिस्टम हुन्छन् । उक्त कम्प्युटिंगलाई जटिल मेसिन लर्निङ मोडेल, एल्गोरिदम तयार गर्न तथा उपयोग गर्नमा प्रयोग गरिन्छ ।

एआई डेटा सेन्टरमा उच्च क्षमतायुक्त सर्भर, स्टोरेज सिस्टम, नेटवर्किङ संरचना आदि हुन्छन् । यस्ता डेटा सेन्टरलाई ठूलो परिमाणमा ऊर्जाको आवश्यकता पर्दछ र त्यसलाई पूर्ति गर्नका लागि कम्पनीहरुले सानो आकारका आणविक ऊर्जा भट्टीहरू तयार पारिरहेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?