+
+

लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा आज बिजुलीको लाइन काटिने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते ६:०९

११ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिजुलीको लाइन काटिने भएको छ । केवल लाइन विस्तारको काम भइरहेकाले आज काठमाडौंका लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा बिजुलीको लाइन काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जानकारी दिएको छ । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने पनि प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?