+
+
Shares

विद्युत् प्राधिकरणमा दुई सञ्चालक नियुक्त

नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त गरेका छन्।
  • निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अंशुकिरण शाही र उपभोक्तातर्फ दलित समुदायबाट कृष्ण बसेललाई सञ्चालक समितिमा समावेश गरिएको छ।
  • दीर्घायुकुमार श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ र ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराएका छन्।

३० वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ ।

त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त भएका हुन् । प्राधिकरण सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवत: पहिलो पटक भएको छ ।

विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

ऊर्जामन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औं बैठकले उक्त निर्णय गरेको हो ।

दीर्घायूकुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनले २०५४ सालमा सातौं तहको अधिकृतका रूपमा प्राधिकरणमा सेवा प्रवेश गरेका थिए ।

काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।

प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधार लगायत कामलाई निरन्तरता दिने अपेक्षा सहित श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?