+
+
Shares

सेयर किनबेचमा नयाँ टीएमएस प्रयोग गर्ने ब्रोकर संख्या ६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १७:१९

१७ वैशाख, काठमाडौं । सेयर किनबेचका लागि आफ्नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग गर्ने ब्रोकर कम्पनीको संख्या ६ पुगेको छ ।

हालै एनआईएमबी स्टक मार्केट (ब्रोकर नम्बर ७५) ले नयाँ टीएमएस प्रयोगमा ल्याएसँगै दायरा बढेको छ । यसअघि सेक्योर्ड, प्रज्ञान, कालिका, नेपाल स्टक हाउस र डायनामिक मनी म्यानेजर्सले नयाँ आफ्नै टीएमएस सञ्चालनमा ल्याइसकेका छन् ।

अरु तीन वटा कम्पनी यूएटीको प्रक्रियामा रहेको डिजीहबका प्रोजेक्ट म्यानेजर राजन घिमिरेले जानकारी दिए । यूएटीको प्रक्रिया सकिएपछि ती कम्पनीले पनि नयाँ टीएमएस प्रयोगमा ल्याउने छन् । ‘ओपल, अरुण र त्रिशक्ति यूएटीको प्रक्रियामा छन्’ घिमिरेले भने ।

श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस यहाँका ब्रोकर कम्पनीलाई डीजीहबले तयार गरेर प्रदान गर्दै आएको छ ।

नयाँ टीएमएस प्रयोग गर्नेले मोबाइल एपबाट पनि सहज रुपमा सेयर कारोबार गर्न सक्छन् । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध छ ।

ग्राहकले कारोबारका लागि टीएमएस चलाउँदा कुनै शुल्क बुझाउन पर्दैन, जुन पहिलेदेखि रहँदै आएको छ । नयाँ टीएमएसमा प्रयोग गर्दा कोल्याटरल, खरिदपछि बाँकी रहेको कोल्याटरल रकम सही रूपमा देखिने छ ।

त्यस्तै नयाँ टीएमएस मार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण, भुक्तानी लिन र दिन बाँकी रकमको हिसाबकिताब सही रूपमा हेर्न पाउनेछन् । नेप्सेको पुरानो टीएमएसमा आफ्नो हिसाबकिताब विवरण ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता लगानीकर्तामा छ ।

साथै आफ्नो परिवारकै कारोबार विवरण एकै प्रणालीमा आवद्ध गरेर कारोबार गर्न सकिनेछ । त्यस्तै सेयर बिक्री भइसकेपछि त्यहीं रकमबाट तुरुन्तै अरु कम्पनीको सेयर किन्न सक्नेछन् । हाल नेप्सेको टीएमएसमा कोल्याटरल नभएको अवस्थामा बेचेको पैसाबाट सेयर खरिद गर्न मिल्दैन ।

नयाँ टीएमएस मार्फत तथ्यांकीय रूपमा पनि विभिन्न कम्पनीको विश्लेषण गर्न सकिने छ । आफ्नो टीएमएस खोलिसकेपछि चार्ट हेर्नका लागि अरु वेब तथा एप चलाउनु पर्दैन ।

नयाँ टीएमएसमा ब्याकअप कारोबार समेत जोडिने भएकाले वास्तविक हिसाबकिताब एउटै प्लेटफर्ममा देखिने छ । नेप्सेको टीएमएसमा दिनभरि भएको कारोबार त देखिन्छ, तर त्यो पहिलेको कारोबारसँग जोडिएको हुँदैन, एकमुष्ठ हिसाबकिताब हेर्न सकिँदैन ।

कारोबारका थप औजार विकास भए ती औजार पनि नयाँ नयाँ टीएमएसमा समेट्दै जान सकिने ब्रोकर सञ्चालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?