+

इटाली पहिलोपटक आईसीसी टी-२० विश्वकपमा छनोट

२०८२ असार  २७ गते २२:४१ २०८२ असार २७ गते २२:४१
इटाली पहिलोपटक आईसीसी टी-२० विश्वकपमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेदरल्याण्ड्स र इटाली आगामी आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएका छन्।
  • नेदरल्याण्ड्सले ४ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट पक्का गर्‍यो भने इटाली ५ अंकसहित दोस्रो स्थानमा रहयो।
  • स्कटल्याण्ड यसपटक छनोट हुन असफल रह्यो।

२७ असार, काठमाडौं । नेदरल्याण्ड्स र इटालीले युरोप क्षेत्रीय छनोट पार गर्दै भारत र श्रीलंकामा हुने आगामी आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएका छन्।

शुक्रबार ‍भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भएपनि इटाली छनोट भएको हो । नेदरल्याण्ड्स पनि जितका साथ विश्वकपमा स्थान बनाउन सफल भयो ।

यस जितसँगै नेदरल्याण्ड्सले ४ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट पक्का गर्‍यो भने इटाली ५ अंकसहित दोस्रो स्थानमा रह्यो।

यो नतिजाले जर्सीको आशा भने समाप्त गर्‍यो। यदि नेदरल्याण्ड्सले उक्त लक्ष्य १४.१ ओभरभन्दा अघि पूरा गरेको भए जर्सी नेट रनरेटको आधारमा इटालीभन्दा अघि पर्ने थियो। तर नेदरल्याण्ड्सले १३५ रनको लक्ष्य १६.२ ओभरमा पूरा गरेपछि इटालीले स्थान सुरक्षित गर्न सफल भयो।

खेलमा इटालीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो। बेन मानेन्तीले ३० रन, ग्रान्ट स्टुवर्टले २५, ह्यारी मानेन्तीले २३ र कप्तान जो बर्न्सले २२ रन बनाए। बलिङतर्फ नेदरल्याण्ड्सका रूलोफ भान डर मर्वेले ३ विकेट, काइल क्लाइनले २ विकेट तथा आर्यन दत्त र पाउल भान मिकरनले १-१ विकेट लिए।

जवाफमा नेदरल्याण्ड्सले १६.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। म्याक्स ओ’डाउड ४७ रनमा अविजित रहे भने कप्तान स्कट एडवार्ड्स ३७ रनमा अविजित रहे।

२०१६ यता लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्ड यसपटक भने छनोट हुन असफल रह्यो। स्कटल्याण्ड इटाली र जर्सीसँग पराजित भएको थियो ।

आईसीसी टी २० विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय