News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालगञ्जमा रातको समयमा आयोजना हुने \'नेपालगञ्ज नाइट रन\' एम्समा औपचारिक रूपमा आबद्ध भएको छ।
- नेपालगञ्ज एम्स द्वारा मान्यता प्राप्त दुई दौड हुने नेपालको पहिलो सहर बनेको छ—\'नेपालगञ्ज म्याराथन\' र \'नेपालगञ्ज नाइट रन\'।
- एम्स सदस्यताले यी दौडहरू अन्तर्राष्ट्रिय क्यालेन्डरमा सूचीकृत हुनेछन् र विदेशी धावकलाई आकर्षित गर्नेछ।
२८ असार, काठमाडौं । नेपालगञ्जमा हरेक वर्ष संविधान दिवसको अवसरमा असोज ३ गते राति आयोजना हुने ‘नेपालगञ्ज नाइट रन’ अब एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ।
योसँगै नेपालगञ्ज एम्स द्वारा मान्यता प्राप्त दुई दौड हुने नेपालको पहिलो सहर बनेको छ—‘नेपालगञ्ज म्याराथन’ र नेपालगञ्ज नाइट रन’। एम्स सदस्यता पाएपछि यी दौडहरू अब अन्तर्राष्ट्रिय क्यालेन्डरमा सूचीकृत हुनेछन्, जसले सहरको विश्वस्तरीय पहिचानमा टेवा पुग्नेछ।
नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार यसले विदेशी धावकलाई आकर्षित गर्न मद्दत गर्नेछ। नेपालगञ्ज म्याराथनअन्तर्गत हाल ‘काठमाडौं २५ के हेरिटेज रन’, ‘कर्णाली हाफ म्याराथन’ र ‘गौघाट ग्रीन रन’ पनि नियमित रूपमा हुँदै आएका छन्। ती इभेन्टहरूलाई पनि क्रमशः एम्स मान्यता दिलाउने तयारी भइरहेको ठकुरीले बताए।
गत महिना काठमाडौंमा सम्पन्न ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’को अवसरमा एम्स अध्यक्ष पाको बोराओले नेपालगञ्ज म्याराथनको रुट पनि अवलोकन गरेका थिए।
नेपालगन्ज नाइट रन अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने समग्रमा नेपालको चौथो दौड भएको छ ।
प्रतिक्रिया 4