+
+
Shares

काठमाडौं‌मा सहकारी पीडितको प्रदर्शन (तस्वीरहरू)

समस्याग्रस्त सहकारी समिति कार्यालयको गेटमा तोडफोड

सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालय अगाडि रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका छन्।
  • प्रदर्शनकारीले नाराबाजी गर्दै कार्यालयको गेट तोडफोड गरेका थिए र प्रहरीले करिब डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ।
  • समिति कार्यालयमा अहिले प्रहरी परिचालन गरिएको छ र सहकारी ठगलाई सरकारले संरक्षण गरेको आरोप लगाइएको छ।

५ मंसिर, काठमाडौं। सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाले तत्काल रकम फिर्ता गर्नुपर्ने, सहकारी ठगलाई सरकारले नै संरक्षण गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले नाराबाजी गर्दै समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् ।

विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गरेका थिए। प्रदर्शनकै बेला भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो।

अहिले समिति कार्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जनलाई नियन्त्रणमा लिएको छ ।

तस्वीरहरू :  आर्यन धिमाल/चन्द्रबहादुर आले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?