+
+
Shares

मुन्द्रे र मुन्नीले टुंग्याए ‘कार्की साइँला’ छायांकन, जोडी बन्दा यस्तो देखिए

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १३:३०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेन्द्र बस्नेत निर्देशित फिल्म 'कार्की साइँला' को छायांकन धनकुटा, सुनसरीमा सकिएको छ।
  • फिल्ममा जितु नेपाल र प्रियना आचार्यले पहिलोपटक अनस्क्रिन रोमान्स गरेका छन्।
  • बालकुमार राई निर्माता रहेको फिल्मको प्रदर्शन मिति अझै तय भएको छैन।

काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । धनकुटाबाट सुरु भएको छायांकन सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा समेत चलेको थियो ।

एक महिनाको छायांकन तालिका राखेर काम गरिएको भएता पनि कलाकार र प्राविधिकको मिहेनतले चाँडै सकिएको बस्नेतले बताए ।

जितु नेपाल ‘मुन्द्रे’, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतको अभिनय छ ।

फिल्ममा अभिनेता जितुको जोडीको रुपमा मुन्नी छिन् । उनीहरूले यसमा पहिलोपटक अनस्क्रिन रोमान्स गरेका हुन् । यसअघि प्रियनाले ‘लाज शरणम्’ र ‘झरिपछिको इन्द्रेणी’ मा अभिनय गरेकी थिइन् ।

बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्णभगत चाम्लिङ प्रस्तुतकर्ता छन् । सहायक निर्देशन रोजल थापाको छ भने डम्बर राईले खिचेका छन् । कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस फिल्ममा एक्सन कोरियोग्राफी किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारीको छ ।

प्रदर्शन मिति अझै तय छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?