+
+
Shares

मुन्नीले साइन् गरिन ‘कार्की साइँला’, जितु नेपालसँग जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक राजेन्द्र बस्नेतको कथानक फिल्म ‘कार्की साइँला’ मा प्रियना आचार्य ‘मुन्नी’ को भूमिका रहने भएको छ।
  • फिल्ममा जितु नेपालसँग मुन्नीको जोडी बाँधिनेछ र धनकुटामा छायांकन हुने तयारी छ।
  • फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्सी शर्मा लगायतका कलाकारको अभिनय रहनेछ।

काठमाडौं । राजेन्द्र बस्नेतको आगामी निर्देशकीय कथानक फिल्म ‘कार्की साइँला’ मा प्रियना आचार्य ‘मुन्नी’ को प्रवेश भएको छ । निर्मातासँग उनले हालै लिखित सहमति गरेकी छन् ।

यो फिल्ममा उनले जितु नेपालसँग जोडी बाँध्नेछिन् । धनकुटामा छायांकन हुने तयारीमा रहेको फिल्मको शीर्ष भूमिकामा मुन्नी तय भएको जानकारी निर्देशक बस्नेतले दिए ।

जितु र मुन्नीबाहेक यो फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतको अभिनय हुनेछ ।

कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा बालकुमार राई निर्माताको रुपमा हुनेछन् । कृष्ण भगत चाम्लिङको प्रस्तुति रहने फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ । द्वन्द्व निर्देशन किरण दाहालको हुनेछ भने संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारीको हुनेछ ।

कामको कुरा गर्दा, मुन्नीले हालै ‘झरीपछिको इन्द्रेणी’ मा अभिनय गरेकी थिइन् । बालकलाकारको रुपमा उनले फिल्म ‘निगरानी’ बाट डेब्यू गरेकी थिइन् भने ‘लाज शरणम्’ मा संक्षिप्त भूमिकामा देखिएकी थिइन् ।

उनले नाटक र टेलिभिजन श्रृंखलामा पनि अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?