+
+
Shares

‘एकम् भजन साँझ’ सम्पन्न : युवापुस्तालाई संस्कृति र परम्परासँग जोड्ने उद्देश्य

‘एकम् भजन साँझ’ को उद्देश्य युवापुस्तालाई संस्कृति र परम्परासँग पुनः जोड्नु, भक्तिमार्फत शान्ति र मानसिक सन्तुलन प्रवर्धन गर्नु तथा सामूहिक एकताको भावना अभिवृद्धि गर्नु हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १२:२१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाशिवरात्रिको अवसरमा ललितपुरको भैंसेपाटी खेलमैदानमा २५ सयभन्दा बढी दर्शकसहित ‘एकम् भजन साँझ’ सम्पन्न भएको छ।
  • कार्यक्रममा १० भन्दा बढी कलाकारले लाइभ प्रस्तुति दिएका थिए र कत्थक नृत्य प्रस्तुत गरिएको थियो।
  • यज्ञशाला फाउन्डेशनले युवालाई संस्कृति र परम्परासँग जोड्ने तथा आध्यात्मिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखेको छ।

काठमाडौं । महाशिवरात्रिको अवसरमा आयोजित भक्तिमय सांगीतिक कार्यक्रम ‘एकम् भजन साँझ’ शनिबार ललितपुरको भैंसेपाटी खेलमैदानमा सम्पन्न भएको छ । कार्यक्रममा २५ सयभन्दा बढी दर्शक सहभागी थिए ।

प्रगति युवा क्लवको सहयोगमा यज्ञशाला फाउन्डेशनद्वारा आयोजित उक्त कार्यक्रममा संगीतकार, नृत्यांगना, पुरोहित तथा आध्यात्मिक पर्यटन क्षेत्रमा क्रियाशील व्यक्तिको सहभागिता थियो ।

कार्यक्रममा १० भन्दा बढी कलाकारको लाइभ प्रस्तुति तथा कत्थक नृत्य प्रस्तुत गरिएको थियो, जसले दर्शकलाई आध्यात्मिक अनुभूतिसहितको सांस्कृतिक अनुभव प्रदान गरेको थियो । त्रिशला गुरुङ, उज्ज्वल सागर, रोहित शाक्य, रिदम कँडेललगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

‘एकम् भजन साँझ’ को उद्देश्य युवापुस्तालाई संस्कृति र परम्परासँग पुनः जोड्नु, भक्तिमार्फत शान्ति र मानसिक सन्तुलन प्रवर्धन गर्नु तथा सामूहिक एकताको भावना अभिवृद्धि गर्नु हो । साथै, नेपालमा आध्यात्मिक सांगीतिक सभाका लागि नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य पनि कार्यक्रमले राखेको छ ।

‘यस कार्यक्रममार्फत हामी समुदाय केन्द्रित कार्यक्रमको नमुना प्रस्तुत गर्न चाहन्छौँ र नेपाललाई आध्यात्मिक तथा अनुभवात्मक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने आधार तयार गर्न खोजिरहेका छौं’ यज्ञशाला फाउन्डेशनका संस्थापक निर्जन अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?