+
+
Shares

‘बाँच्न दे सरकार’ भन्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनका क्रममा उनीहरूले भान्सामा प्रयोग हुने कराही, डाडुपन्युँ लगायतका सामग्री पनि बोकेका थिए ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख ३ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघरमण्डलामा प्रदर्शन गरेका छन्।
  • उनीहरूले मूल्यवृद्धि नियन्त्रण गर्न र पेट्रोलियम पदार्थमाथि थपिएको अतिरिक्त कर खारेज गर्न सरकारसँग माग गरेका छन्।
  • प्रदर्शनमा उनीहरूले भान्सामा प्रयोग हुने कराही, डाडुपन्युँ लगायतका सामग्री पनि बोकेका थिए।

३ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मृल्यवृद्धिको विरोधमा माइतीघरमण्डलामा प्रदर्शन भएको छ ।

संयुक्त विद्यार्थी संगठनहरूले महँगी, कालाबजारी र मृल्यवृद्धि नियन्त्रण गर, मन्त्रीहरूको सुनै सुन जनतालाई छैन खाने नुन, घरमा हाम्रो बास छैन किनभने ग्यास छैन, बाँच्न दे सरकार, बालेन सरकार मूल्यवृद्धि उपहार, युद्धको मार-करको भार-जनता त मरे नि सरकार लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले मूल्यवृद्धि नियन्त्रण गर, पेट्रोलियम पदार्थमाथि सरकारले थपेको अतिरिक्त कर खारेज गरी मूल्यवृद्धि समायोजन गर लेखेका ब्यानर समेत बोकेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले भान्सामा प्रयोग हुने कराही, डाडुपन्युँ लगायतका सामग्री पनि बोकेका थिए ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?