News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्काले सोमबार प्रेमी आश्वासन जोशीसँग लगनगाँठोमा बाँधिँदैछिन्।
- विवाह समारोहमा परिवारका सदस्य, साथीभाइ र नजिकका आफन्तको सहभागिता छ।
- खड्काले शनिबार मेहन्दी तथा सङ्गीत समारोहको फोटो सेयर गर्दै प्रेम र आशीर्वादको भाव व्यक्त गरिन्।
काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेसनल, मोडल, होस्ट तथा अभिनेत्री शुभेच्छा खड्का आज सोमबार लगनगाँठोमा बाँधिदैछिन् । प्रेमी आश्वासन जोशीसँग उनको अहिले वैवाहिक समारोह एक भेन्यूमा भैरहेको छ ।
समारोहमा परिवारका सदस्य, साथीभाइ, नजिकका आफन्तको सहभागिता छ । विवाह अगाडि शनिबार मेहन्दी तथा सङ्गीत समारोह आयोजना भएको थियो । जसको फोटो खड्काले सेयर गर्दै प्रशंसकलाई जानकारी दिएकी थिइन् ।
उनले लेखेकी छिन्, ‘मेरो हातहरू बिस्तारै त्यो गहिरो रातो रङले रङ्गिएका छन्, मानौँ प्रेम आफैँले त्यहाँ आफ्नो घर बनाएको हो, । रातो रङ समारोहको शान्त र आत्मीय क्षणमा, यति धेरै मायाले घेरिएको वातावरणमा, हामीले हरेक नबोलेका वाचा र कोमल आशीर्वादहरू हावामा महसुस गर्न सक्थ्यौँ ।’
खड्काले गत २०७९ पुसमा प्रेमी सार्वजनिक गरेकी थिइन् । खड्काले ‘रणवीर’, ‘प्रेमा’ लगायत केही फिल्म समेत अभिनय गरेकी छन् । जोशी अमेरिकामा बसोबास गर्दै आएका छन् ।




प्रतिक्रिया 4