Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्काले मंगलबार काठमाडौंमा प्रेमी आश्वासन जोशीसँग विवाह बन्धनमा बाँधिएकी छन्।
- शुभेच्छाले विवाहपछिका फोटो इन्स्टाग्राममा सेयर गर्दै ‘हरेक कुरा जसलाई हामीले सपनाको रुपमा सजाएका थियौं’ लेखेकी छन्।
- विवाह समारोहमा पूर्व मिस नेपालहरू सहभागी थिए र शुभेच्छाले गत २०७९ पुसमा प्रेमी सार्वजनिक गरेकी थिइन्।
काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का विवाह बन्धनमा बाँधिएकी छन् । मंगलबार उनले काठमाडौंको एक भेन्यूमा आयोजित वैवाहिक समारोहमा प्रेमी आश्वासन जोशीसँग लगनगाँठो कसिन् ।
विवाहपछिका फोटो इन्स्टाग्राममा सेयर गर्दै शुभेच्छा लेख्छिन्, ‘हरेक कुरा जसलाई हामीले सपनाको रुपमा सजाएका थियौं ।’
विवाह समारोहमा पूर्व मिस नेपालहरू पनि सहभागी थिए । दुलाहा-दुलही बन्दा शुभेच्छा र आश्वासन आकर्षक देखिएका छन् । खड्काले गत २०७९ पुसमा प्रेमी सार्वजनिक गरेकी थिइन् ।
उनले ‘रणवीर’, ‘प्रेमा’ लगायत केही फिल्म समेत अभिनय गरेकी छन् । जोशी चाहिँ अमेरिकामा बसोबास गर्दै आएका छन् । पूर्व मिस इन्टरनेसनलपछि शुभेच्छा चर्चामा आएकी हुन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4