News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल अस्मी श्रेष्ठ इन्डोनेसियाको बाली समुद्री किनारमा श्रीमानसँग छुट्टी मनाइरहेकी छन्।
- अस्मीले इन्स्टाग्राममा बालीका तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा 'ओसियन एयर, सन किस्ड हेयर... कर्ट इन अ फुल मरमेड अफेयर' लेखेकी छन्।
- उनले मोडलिङ, प्रस्तुति र ब्रान्ड सहकार्यबाट युवा पुस्तामाझ लोकप्रियता हासिल गरेकी छन्।
काठमाडौं । पूर्वमिस नेपाल, टेलिभिजन प्रस्तोता तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर अस्मी श्रेष्ठ यतिबेला इन्डोनेसियाको बाली समुद्री किनारमा छुट्टी मनाइरहेकी छन् ।
सन् २०१६ की मिस नेपालसमेत रहेकी अस्मीले हालै आफ्नो इन्स्टाग्राममार्फत बालीका केही तस्बिर सार्वजनिक गरेकी हुन् । उनी श्रीमानसँगै त्यहाँ समय बिताइरहेकी छन् ।
सार्वजनिक तस्बिरमा अस्मी समुद्री किनारमा आकर्षक र बोल्ड शैलीमा देखिएकी छन् । हल्का समुद्री हावा, घामको चमक र उनको पहिरनले उनको लुक अझै निखारिएको देखिन्छ ।
तस्बिरसँगै उनले क्याप्सन लेखेकी छन्, ‘ओसियन एयर, सन किस्ड हेयर… कर्ट इन अ फुल मरमेड अफेयर ।’
अस्मी सामाजिक सञ्जालमा सक्रिय रहने सेलिब्रेटी हुन् । मोडलिङ, प्रस्तुति र विभिन्न ब्रान्डसँगको सहकार्यका कारण उनी युवा पुस्तामाझ लोकप्रिय छिन् ।
उनले सार्वजनिक गरेका यी तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छन् । प्रशंसकले उनको शैली, सौन्दर्य र छुट्टीको रमाइलो क्षणको खुलेर प्रशंसा गरिरहेका छन् ।







प्रतिक्रिया 4