+
+
Shares

मकवानपुरका दूध उत्पादक किसानको १४ करोड बढी भुक्तानी दिलाउन सांसद अधिकारीको माग

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानुनी प्रबन्ध गर्न माग गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लीमा अधिकारी आचार्यले किसानलाई १५ दिनभित्र कृषिजन्य उत्पादनको मूल्य उपलब्ध गराउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन्।
  • अधिकारीले मकवानपुरका दूध उत्पादक किसानको १४ करोडभन्दा बढी भुक्तानी बाँकी रहेको र देशभरका किसानले मूल्य नपाउँदा युवाहरु खाडी जान बाध्य भएको बताइन्।
  • उनले खाद्यान्न मात्र नभई खाद्य आत्मनिर्भरता आवश्यक रहेको र किसानको भुक्तानी समयमा नपाउँदा देशको समृद्धि सम्भव नरहेको उल्लेख गरिन्।

७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानुनी प्रबन्ध गर्न माग गरिन् । ‘म सरकारँग माग गर्दछु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फस्र्यौैट गर्ने कानूनी ग्यारेण्टी गरियोस्’, उनले भनिन् ।

किसानले दूध, उखु, धान, लगायत उत्पादनको मूल्य नपाउँदा युवाहरु रोजगारीका लागि खाडी मुलुक जान बाध्य रहेको उनको भनाइ थियो ।

‘मकवानपुरका दूध उत्पादक किसानको १४ करोडभन्दा बढीको भुक्तानी बाँकी छ । यो एउटा जिल्लाको मात्र होइन, सभामुख महोदय देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसाहरुको साझा नियती हो’, अधिकारीले भनिन्, ‘जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौं/वर्षौं कुर्नुपर्छ । उसले गाई–भैंसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान युवाहरु आफ्नो उर्बर भूमिलाई बाँझो छोडेर खाडीको मरुभूमिमा जान बाध्य छन् । किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापी ल्याउन सकिँदैन ।’

मुलुकमा खाद्यान्न मात्र नभई, खाद्य आत्मनिर्भरता चाहिएको उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?