+
+
Shares

सरकारको ‘नो फाइल’ अभियानले र अनुदान कटौती नीतिले सुशासनमा बाधा पुर्‍यायो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको १० देखि २५ प्रतिशत कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।
  • ओलीले अनुदान कटौतीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको औचित्यमाथि प्रश्न खडा गरेको र संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममाथि प्रहार भएको बताइन्।
  • स्थानीय तहहरूले शिक्षकको तलब, स्वास्थ्य चौकी औषधि, सिंचाई, सडक र विपद् व्यवस्थापनमा संघर्ष गरिरहेको र कार्यसम्पादन भइसकेका फाइलहरू भुक्तानी हुन नसकेको ओलीले उल्लेख गरिन्।

७ जेठ, काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको बिहविारको बैठकमा बोल्दै ओलीले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममाथि प्रहार गरेको बताइन् ।

प्रमुख सचेतक ओलीले नेपालको संविधानको धारा २५१ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिका र अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरेको उल्लेख गर्दै अनुदान कटौतीले उक्त आयोगको औचित्यमाथि नै प्रश्न खडा गरेको तर्क गरिन् ।

सरकारले स्थानीय तहलाई पठाउने सिलिङमा १० देखि २५ प्रतिशतसम्म कटौती गर्दा कार्यसम्पादन भइसकेका आयोजनाहरूको भुक्तानी रोकिएको र यसले स्थानीय सरकारहरू ठूलो आर्थिक मारमा परेको उनको भनाइ छ ।

‘सरकारको ‘नो फाइल’ अभियान र अनुदान कटौतीको विरोधाभासपूर्ण नीतिले सुशासनमा बाधा पुर्‍याएको छ,’ उनले टिप्पणी गरिन् ।

वित्तीय समानीकरण अनुदानलाई ‘दया वा कृपा’ नभई ‘संवैधानिक अधिकार’ का रूपमा व्याख्या गर्दै उनले यसको अभावमा आधारभूत सेवा प्रवाहमा गम्भीर असर परेको बताइन् ।

स्थानीय तहहरूले हाल शिक्षकको तलब, स्वास्थ्य चौकीमा औषधिको प्रवन्ध, सिंचाई, ग्रामीण सडक र विपद् व्यवस्थापन जस्ता आधारभूत जिम्मेवारीहरू पूरा गर्न संघर्ष गरिरहेको उनले उल्लेख गरिन् ।

‘स्थानीय तहमा कार्यसम्पादन भइसकेका फाइलहरू स्रोत अभावमा भुक्तानी हुन सकेका छैनन् । यसले गर्दा एकातिर स्थानीय सरकार मारमा परेका छन् भने अर्कोतर्फ भुक्तानी नपाउने व्यक्ति वा कम्पनीमाथि अन्याय भएको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?