News Summary
Generated by OK AI. Editorially reviewed.- जसपा नेपाल संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत निरन्तरता पाएका छन्।
- जसपा नेपाल र लोसपा नेपाल एकीकरणपछि मधेश प्रदेशमा २६ सिटसहित जसपा नेपाल सबैभन्दा ठूलो दल बनेको छ।
- नेकपा एमाले २४ सिटसहित दोस्रो र नेपाली कांग्रेस २२ सिटसहित तेस्रो ठूलो दल रहेका छन्।
७ जेठ, जनकपुरधाम । मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा सरोज कुमार यादव निरन्तरता पाएका छन् ।
जसपा नेपाल र लोसपा नेपाल एकीकरण पश्चात हिजोदेखि दलको नेता चयन गर्न कसरत चलेको थियो । पुन: सर्वसम्मत जसपा नेपालको संसदीय दलका नेता रहेका यादवलाई नै निरन्तरता दिएको हो ।
दुवै दल एकीकरण पश्चात मधेश प्रदेशमा २६ सिटसहित जसपा नेपाल सबभन्दा ठूलो दल बनेको छ । दुईजना सांसद हाल निलम्बनमा छन् ।
यसअघि पहिलो दल रहेको नेकपा एमाले अब २४ जना प्रदेश सभा सदस्य सहित दोस्रो र नेपाली कांग्रेस २२ जना प्रदेश सभा सदस्य सहित तेस्रो ठूलो दल रहेको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी १५ सिटसहित चौथो, जनमत पार्टी १२ सिटिहित पाँचौं दल बनेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एकएक जना प्रदेश सभा सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4