+
+
Shares

कांग्रेस सांसद थापाको प्रश्न– कति मन्त्री सुकुमवासीका होल्डिङ सेन्टर पुगे ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारले दीर्घकालीन योजना नबनाई सुकुमवासी बस्तीमा डोजर चलाएको आरोप लगाएका छन्।
  • उनले सरकारलाई मानवअधिकार उल्लङ्घन गरी आफू पपुलर हुन डोजर चलाएको र देशभर डोजर आतंक चलेको बताए।
  • थापाले विस्थापित परिवारलाई १५ हजार र ३० हजार दिने निर्णयमाथि प्रश्न उठाउँदै होल्डिङ सेन्टरमा मानसिक परामर्श आवश्यक भएको उल्लेख गरे।

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारले कुनै दीर्घकालीन योजना नबनाई इगोका आधारमा सुकुमवासी बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् ।

सरकारले मानवअधिकारको उल्लङ्घन गरी आफू पपुलर हुनको लागि डोजर चलाएको उनको भनाइ छ ।

‘हाल काठमाडौमा मात्रै होईन, देशभर नै डोजर आतंक चलेको छ । हालै सरकारले विस्थापित परिवारलाई १५ हजार र ३० हजार दिने निर्णय गरेको छ । यो के का लागी दिएको हो ?,’ उनले भने ।

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले देशभर ‘डोजर आतंक’ चलेको उल्लेख गरे ।

साथै, विस्थापित परिवारलाई १५ हजार र ३० हजार रुपैयाँ दिने सरकारी निर्णयमाथि समेत प्रश्न उठाए । होल्डिङ सेन्टरमा रहेका नागरिकलाई मानसिक परामर्श आवश्यक रहेको उनको भनाइ छ ।

‘सरकार आफैँ भनिरहेको छ, हामीसँग पैसा छैन । पैसा छैन भन्ने फेरि पैसा बाँढ्ने काम गरिरहेको छ । यो सुकुमवासीलाई केही समय खुशी पार्नको लागि मात्रै दिएको हो की ? आजसम्म कति मन्त्रीहरू जानुभयो, होल्डिङ सेन्टरमा ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?