६ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका कांग्रेस नेता सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।
कांग्रेस कोशी प्रदेश समितिले उनको नाम राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको समितिका उपसभापति रमेशनजंग रायमाझीले जानकारी दिए ।
थापाको नाम गृहजिल्ला धनकुटाबाट सिफारिस भएको र प्रदेशले पनि केन्द्रमा पठाएको रायमाझीको भनाइ छ ।
०७९ को प्रतिनिधि सभा निर्वाचनमा थापा एमालेका उम्मेदवारस राजेन्द्र राईसँग पराजित भएका थिए । ०७९ चैत १६ गते राष्ट्रपतिको सल्लाहकारमा नियुक्त भएका उनले केही दिनअघि मात्रै पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया 4