News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस डोटीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १७ जनाको नाम सिफारिस गरेको छ।
- जिल्ला कार्यसमिति सभापति नरेन्द्रबहादुर सिंहले ती नाम सुदूरपश्चिम प्रदेश कार्यसमिति समक्ष सिफारिस गरेका हुन्।
- समानुपातिकतर्फ सात जनाको नाम पनि सिफारिस गरिएको र आकांक्षीहरू बीच सहमति नभएपछि देवनागरीलिपिको वर्णानुक्रम अनुसार सिफारिस गरिएको छ।
२५ मंसिर, काठमाडौं। नेपाली कांग्रेस डोटीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १७ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यसमिति सभापति नरेन्द्रबहादुर सिंहले बिहीबार प्रत्यक्षतर्फ १७ जनाको नाम सुदूरपश्चिम प्रदेश कार्यसमिति समक्ष सिफारिस गरेका हुन् ।
प्रत्यक्षतर्फ सिफारिस हुनेमा प्रदेशसभापति बीरबहादुर बलायरदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसका पूर्व सभापति श्यामराज ओझासम्म परेका छन् ।
यस्तै समानुपातिकतर्फ सात जनाको नाम प्रदेश कार्यसमिति समक्ष सिफारिस गरिएको छ । पत्रमा आकांक्षीहरू बीच सहमति जुट्न नसक्दा देवनागरीलिपिको वर्णानुक्रम अनुसार सिफारिस गरिएको उल्लेख छ ।
यी हुन् सिफारिसमा परेका उम्मेदवारका आकांक्षीहरू :

प्रतिक्रिया 4