+
+
WC Series
चितवन राइनोज 2025
89/10 (17.2)
VS
Kathmandu Gorkhas won by 53 runs
Won काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

कांग्रेसका २८ केन्द्रीय सदस्यले भने : अनिर्णयको बन्दी हुँदा पार्टीलाई क्षति पुग्यो

चुनावअघि नियमित महाधिवेशनको पक्षमा उभिएका देउवा पक्षका केन्द्रीय सदस्यको आज बसेको बैठकले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २८ केन्द्रीय सदस्यले पार्टी अनिर्णयको बन्दी हुँदा क्षति पुगेको निष्कर्ष निकालेका छन्।
  • देउवा पक्षका केन्द्रीय सदस्यले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।
  • केन्द्रीय सदस्य उमा रेग्मी आजबाट देउवा पक्षको समूहमा थपिएको जानकारी गराइएको छ।

१२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २८ केन्द्रीय सदस्यले पार्टी अनिर्णयको बन्दी हुँदा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा उभिएका देउवा पक्षका केन्द्रीय सदस्यको आज बसेको बैठकले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

चुनावअघि नियमित महाधिवेशन पक्षमा रहेका केन्द्रीय सदस्यमा आज थप एक जना थपिएको जानकारी केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले गराए। कुपण्डोलमा आज भएको उक्त समूहको बैठकमा केन्द्रीय सदस्य उमा रेग्मी आजबाट थपिएको जानकारी गराइएको छ ।

पार्टीले महाधिवेशनका निर्णय नलिँदा क्षति पुगेको निष्कर्ष सहित पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने केन्द्रीय सदस्य शेर्पाले अनलाइनखबरसँग बताए।

उनले भने,‘पार्टीले निर्णय लिन सकेको छैन। यसले गर्दा पार्टीलाई क्षति पुगेको छ। छिटो निर्णय लिन ध्यानाकर्षण गर्ने निर्णय गरेका छौं,’ शेर्पाले भने।

उक्त समूहले यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापनइतरका नेता डा.शेखर कोइराला, विशेष महाधिवशेन पक्षधरलाई भेटेर चुनावअघि विशेष महाधिवेशनको लागि छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?