News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशसभा बैठकमा विद्युत् जाँदा बैठक स्थगित भएको छ।
- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले धारणा राख्दा बिजुली गएको हो।
- जेरनेटरमा इन्धन नहुँदा संचालन भएन र सभामुखले बैठक स्थगित गरिएको बताउनुभएको छ।
८ जेठ, जनकपुरधाम । विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित भएको छ ।
मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मतको प्रस्तावमा धारणा राख्ने क्रम चलिरहेको बेला बिजुली गएको हो ।
नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादवले धारना राख्ने क्रममा विजुली बत्ती कटेपछि बैठक अँध्यारो बन्न पुग्यो ।
माइकको लाइन कट्नुको साथै लाइभ समेत अँध्यारो देखिएको छ ।
प्रदेशसभामा रहेको जेरनेटरमा इन्धन नहुँदा संचालन भएन । बैठक कक्ष अध्यारो भएपछि सांसदहरु बाहिर निस्किन थालेपछि सभामुखले बैठक केहीबेरको लागि स्थगित गरिएको छ ।
अहिले जेरनेटरमा इन्धन लिएर कर्मचारी पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4