+
+
Shares

मधेश प्रदेशसभामा नेकपा चौथो ठूलो दल, दलका नेता भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी मिलेर १५ सिटसहित चौथो ठूलो दल बनेको छ।
  • माओवादी केन्द्रका दुई सांसद भरतप्रसाद साह र रहबर अंसारले फागुन २१ मा चुनाव लड्न सांसद पद त्यागेका थिए।
  • मधेश प्रदेशसभामा १०७ सदस्यमध्ये ५ सिट रिक्त छन् र नेकपाले १५ सिट पाएको छ।

४ चैत, जनकपुरधाम । मधेश प्रदेशमा जनमत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १५ सिट सहित चौथो ठूलो दल बनेको छ । विगतमा भएको नेकपा माओवादी केन्द्र (७), नेकपा एकीकृत समाजवादी (७) र नागरिक उन्मुक्ति पार्टी (१) मिल्दा मधेश प्रदेशमा नेकपा १५ सिट भएको छ ।

२०७९ को निर्वाचन परिणाम अनुसार माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्तिका १ सिट थियो । तर, माओवादी केन्द्रका दुई प्रदेश सांसद भरतप्रसाद साह र रहबर अंसार गत फागुन २१ को चुनाव लड्न सांसद पद त्यागेका थिए । दलका नेतासमेत रहेका साह महोत्तरी ४ बाट पराजित मात्र भएन जमानत समेत जफत भयो ।  अंसार बारा ४ मा रास्वपाबाट फराकिलो मतअन्तरले जित हात पारे ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको एकीकरणपछि मधेशमा नेकपाको संसदीय दलका नेता युवराज भट्टराईलाई तोकिएको छ । उनी यसअघि माओवादी केन्द्रका दलका उपनेता थिए । मधेश प्रदेश सरकारमा नेकपाको अहिले ३ वटा मन्त्रालय छ ।

१०७ सदस्य मधेश प्रदेशसभामा अहिले ५ सिट रिक्त रहेको छ । हाल मधेश प्रदेशसभामा एमालेको २४, काँग्रेसको २२, जसपा नेपालको १९, नेकपा १५, जनमतको १२, लोसपाको ८, नेपाल संघीय समाजवादीको १ सिट छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?