+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

मधेश प्रदेशसभा बैठक सुरु हुन सकेन

प्रदेश सभा सचिव बासु कोइरालासहितका उच्च तहका कर्मचारी बिदामा रहेका कारण बैठक बस्न सुरु हुन नसकेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सभाको बैठक ३ मंसिर दिउँसो १ बजे बस्ने तय भए पनि सचिव र उच्च तहका कर्मचारी बिदामा भएकाले सुरु हुन सकेको छैन।
  • बैठकलाई दिउँसो ३:१० बजेका लागि सारिएको छ र सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोगमा छलफल हुने छ।
  • सभामुखमाथि महाभियोग प्रस्ताव दर्ता भएदेखि प्रदेशसभामा सचिवसहित उच्च पदस्थ कर्मचारीहरू उपस्थित हुन छाडेका छन्।

३ मंसिर, जनकपुरधाम । आज दिउँसो १ बजेको लागि डाकिएको मधेश प्रदेश सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।

प्रदेश सभा सचिव बासु कोइरालासहितका उच्च तहका कर्मचारी बिदामा रहेका कारण बैठक बस्न सुरु हुन नसकेको हो ।

बैठक फेरि दिउँसो ३:१० बजेको लागि सारिएको छ।

आजको मधेस प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोगमा छलफल हुने कार्यसूची छ।

सभामुख मण्डलमाथि महाभियोगको प्रस्ताव दर्ता भएदेखि प्रदेशसभामा सचिवसहित उच्च पदस्थ कर्मचारीहरू आउन छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?